पर्यटन बजार१७ फाल्गुन २०७५, शुक्रबार मा प्रकाशित
फागुन १७, काठमाडौँ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा होमस्टेका लागि अनुदान प्राप्त गर्न पेश भएका स्वीकृत परियोजनाहरूको नतिजा प्रकाशन गरेको छ ।पेश भएका २२८ मध्ये १९० स्वीकृत र ३८ वटा निवेदन अस्वीकृत भएको मन्त्रायले जनाएको छ ।
होमस्टे अनुदानका लागि आवेदन दिएका मध्ये स्वीकृतमा मुस्ताङ बाट ३ वटा होमस्टे स्वीकृत भएका छन् , म्याग्दी ४ वटा स्वीकृत भएका छन् भने ५ वटा अस्वीकृत भएका छन् । बाग्लुङ बाट १६ वटा स्वीकृत भएका छन् भने ३ वटा अस्वीकृत भएका छन् ।
यस्तै पर्वतबाट ४२ वटा स्वीकृत भएका छन् भने २ वटा अस्वीकृत भएका छन् । कास्कीबाट १९ स्वीकृत भएका छन् भने ३ अस्वीकृत भएका छन् । स्याङ्जाबाट ४२ स्वीकृत भएका छन् भने ३ अस्वीकृत भएका छन् । तनहुँबाट सबै भन्दा बढी अस्कृत भएका छन। जसमा ३३ स्वीकृत भएका छन् भने १० अस्वीकृत भएका छन् ।
यसैगरी लमजुङ १४ स्वीकृत भएका छन् भने ७ अस्वीकृत भएका छन् ।मनाङ बाट २ स्वीकृत भएका छन् ।गोरखाबाट ९ स्वीकृत भएका छन् भने २अस्वीत भएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व बाट ६ स्वीकृत भएका छन् भने ३ अस्वीकृत भएका छन् । मन्त्रालयले अस्वीकृत भएका होमस्टेहरूलाइ मन्त्रालय वा डिभिजन वन कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit