१२ औं सगरमाथा दिवसको अवसरमा टानद्वारा र्यालीको आयोजना

पर्यटन बजार१४ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित

 १२ औं सगरमाथा दिवसको अवसरमा टानद्वारा र्यालीको आयोजना

जेठ १४, काठमाडौं । १२ औं सगरमाथा दिवसको अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले  र्यालीको आयोजना गर्ने भएको छ  । टानले बिहान ८ बजे कर्मचारी संचयकोष ठमेल बाट र्याली सुरु गरेर दरबारमार्ग, घण्टाघर  हुँदै राष्ट्रियसभागृहमा र्याली टुंग्याउने बताएको छ  ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय , नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र पर्यटन संग सम्बन्धित अन्य संघ संस्थाहरुद्धारा संयुक्त रुपमा १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस “Our priority, clean Sagarmatha” भन्ने मूल नाराका साथ आयोजना गरिएको छ ।

कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा मनाइने टानले जानकारी गराएको छ  । १ घण्टाको र्यालीपश्चात राष्ट्रिय सभा गृहमा बिबिध कार्यक्रम गर्ने पनि टानले जनाएको छ । 

सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको ६६ वर्ष पुगेको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउदैं आएको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो ।

 

Facebook Comment

छुटाउनुभयो कि?