२४ घण्टामा थपिए ८९९ जनामा कोरोना सङ्क्रमित

पर्यटन बजार१५ भाद्र २०७७, सोमबार मा प्रकाशित

२४ घण्टामा थपिए ८९९ जनामा कोरोना सङ्क्रमित

भदौ १५ ,काठमाडौं । विगत २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९ हजार ४६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा ७ जनाको मृत्यु भएको बताए।

यससँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ। देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् ।

उनका अनुसार अहिले देशभरि १७ हजार ८२२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १० हजार ७०१ जना संस्थागत आइसोलेशनमा र बाँकी ७ हजार १२१ जना घरमै छन्।

Facebook Comment

छुटाउनुभयो कि?