२४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ५१२

पर्यटन बजार२९ भाद्र २०७७, सोमबार मा प्रकाशित

२४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ५१२

भदौ २९,काठमाण्डौ। बितेको २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ।

काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५१२ जनामा संक्रमण पुष्टि भएको हो ।उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।

बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?