२५ हजार आगन्तुकको उपस्थिति संगै सकियो दोस्रो नगरकोट महोत्सब

पर्यटन बजार१३ माघ २०७६, सोमबार मा प्रकाशित

२५ हजार आगन्तुकको उपस्थिति संगै सकियो दोस्रो नगरकोट महोत्सब

माघ १३,नगरकोट । प्राकृतिक सम्पदा कला र सँस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दोस्रो नगरकोट महोत्सव-२०७६ सम्पन्न भएको छ ।

 

नेपाल भ्रमण वर्ष २०२० र सोनम ल्होसारको अवसरमा यहीँ माघ १०, ११, १२ गतेसम्म नगरकोटमा चलेको तीन दिने महोत्सवमा करिब २५ हजार आगन्तुकहरुको सहभागिता रहेको नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिएका छन् । यस महोत्सबमा करिब १०० जना विदेशी पर्यटकले उपस्थिति जनाएका थिए भने स्टलहरुले आशा गरे बमोजिमको व्यापार गरेको समेत अध्यक्ष गुरुङले पर्यटन बजार डट कमलाई जानकारी गराए।

महोत्सवमा ख्याती प्राप्त कलाकारहरु चन्द्र कुमार दोङ, इन्दिरा गोले, विशाल काल्देन, शशीकला मोक्तान, इन्द्रेणी ग्रुप (कृष्ण कँडेल,टिका सानु ) लगायत ५० जना स्थानिय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए ।

 

दोस्रो नगरकोट महोत्सब आज समापन हुँदै

भ्रमण वर्षलाई लक्षित गरि नगरकोटको बतासे डाँडामा महोत्सव

Facebook Comment

छुटाउनुभयो कि?