५ सय ३ जना कोरोना संक्रमित होम आइसोलेसनमा

पर्यटन बजार३२ श्रावण २०७७, आईतवार मा प्रकाशित

५ सय ३ जना कोरोना संक्रमित होम आइसोलेसनमा

साउन ३२, काठमाण्डौ। देशभर हाल ५ सय ३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा ५ सय ३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै प्रदेश ५ मा १ सय ८१ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै बागमती प्रदेशमा १ सय ११, प्रदेश २ मा ९८, प्रदेश १ मा ९३, सुदूरपश्चिम प्रदेशमा १२ र कर्णाली प्रदेशमा ८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।

Facebook Comment

छुटाउनुभयो कि?