९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्वभारतीय सैनिक पक्राउ

पर्यटन बजार१५ भाद्र २०७७, सोमबार मा प्रकाशित

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्वभारतीय सैनिक पक्राउ

९ वर्षीया बालिकालाई चार महिनादेखि पटक-पटक बलात्कार गरेको आरोपमा पोखराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भूतपूर्व भारतीय सैनिक रेशबहादुर गुरुङलाई प्रहरीले आइतबार स्याङजाबाट पक्राउ गरेको हो।

स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भई पोखरा महानगरपालिका-१० मिलनचोक बस्दै आएका ५५ वर्षीय गुरुङ प्रहरीमा जाहेरी परेपछि फरार भएका थिए। कास्कीबाट गएको प्रहरी टोलीले बिरुवा गाउँपालिका-८ टोड्केमा लुकिछिपी बसिरहेका गुरुङलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

चार-पाँच महिनादेखि बालिकालाई ललाइफकाइ उनले यौन शोषण गर्दै आइरहेको जाहेरी प्रहरीमा परेको थियो। प्रहरीमा भदौ ११ गते जाहेरी परेको थियो। ९ गते गुरुङले बालिकालाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

बालिकाले आफन्तलाई पटक-पटक आफूमाथि बलात्कार भइरहेको सुनाएपछि प्रहरीमा जाहेरी पुगेको हो। गुरुङलाई जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको हमालले बताए।

Facebook Comment

छुटाउनुभयो कि?