ब्राम्हण जातीका स्थानीय समुदायले संचालन गरेको नेपालकै पहिलो “नगरकोट सामुदायिक होमस्टे “

पर्यटन बजार१४ चैत्र २०७५, बिहीबार मा प्रकाशित

ब्राम्हण जातीका स्थानीय समुदायले संचालन गरेको नेपालकै पहिलो “नगरकोट सामुदायिक होमस्टे “

चैत १४,काठमाडौँ । हिँडेर जाने कि गुडेर, दुबै सुविधा छ। खान, बस्न र आराम गर्न होमस्टे पनि छँदैछन्। चिटिक्क घर। सफा आँगन। नजिकै करेसा बारी। बारीमा लहलह सागसब्जी। चारैतिर खुल्ला दृष्य , हरियाली बनजंगल र स्वच्छ हावा , २०७२ सालको भूकम्पले भत्काएका घरको पुनर्निर्माण र त्यसमा थपिएका बिबिध सेवा तथा सुविधाहरु । राजधानी काठमाडौंबाट ३२ कि.मी. उत्तर पूर्वमा अवस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रीय रूपमा प्रख्यात पर्यटकीय स्थल नगरकोट जाने मुख्य सडक खण्डको तेलकोट नजिकमा अवस्थित नगरकोट सामुदायिक होमस्टे, चाँगुनारायण नगरपालिका ६ स्थित बाँस्तोला गाउँमा संचालनमा रहेको छ ।

 

प्रत्येक वर्ष हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू यही होमस्टे गाउँ भएर नगरकोटको भ्रमण गर्न जाने आउने गर्दछन् । सुन्दर मनोरम प्राकृतिक स्थल, हरिया बनजंगल, स्वच्छ हावा पानी, कल कल बगिरहने खोला नाला, विविध जातजातीका संस्कृति झल्कने सांस्कृतिक गतिविधि एवं मठ मन्दिरले सजिसजाउ नगरकोट क्षेत्रमा ब्राम्हण जातीका स्थानीय समुदायले संचालन गरेको नेपालकै पहिलो र आफ्नै विशिष्टता बोकेको सामदायिक होमस्टेको रूपमा पर्यटकहरु माझ परिचित छ ।

 

०६८ सालमा स्थापित यस होमस्टेमा १३ वटा घरहरूमा १४ कोठा सहित २८ शैया पाहुनाका लागि उपलब्ध रहेको छ । होटेलको भन्दा कम मूल्यमा पर्यटकहरुलाई उत्कृष्ट सेवा सुबिधा प्रदान गरेर खुशी बनाई बिदा गर्नु नै आफुहरुको मूल उदेश्य रहेको नगरकोट सामुदायिक होमस्टे का अध्यक्ष सुरज बास्तोलाले बताउनुभयो । वैशाख १२ को विनाशकारी भूकम्पले यहाँका होमस्टेलाई पनि नराम्ररी क्षति पुर्‍यायो। भूकम्पले भत्किएका संरचना मर्मत र पुनः निर्माण भइरहेका छन्। ‘भत्किएका होमस्टे निर्माण नगरी पर्यटकलाई ल्याउन र राख्न नसकिने भएपछि पहिलेकै अवस्थामा बनाउने काम थालेका छौं,’ अध्यक्ष बास्तोलाले भन्नुभयो।

 

मौलिक संस्कृति र होमस्टेको संरचनालाई पहिलेकै अवस्थामा ल्याउन र अझै सेवा सुबिधा थप गरेर पर्यटकको आवागमन बढाउन नगरकोट सामुदायिक होमस्टे लागिपरेको छ । यस होमस्टेमा चाडै नै योगा टुरिजमलाई ध्यानमा राखेर योगा सुरु गर्न लागिएको छ । हरियाली र स्वच्छ बातावरणमा पाहुनाहरुको योगामा रुची बढ्ने र यसले होमस्टे तथा पर्यटन प्रवर्द्दन गर्न थप मद्दत मिल्नेमा अध्यक्ष बास्तोला बिस्वस्त हुनुहुन्छ ।  

होमस्टेमा पाहुनालाई सिजन अनुसारको फुलको माला र टिका लगाएर स्वागत गर्ने गरिन्छ भने परिवारकै सदस्यजस्तै गरी राखिन्छ। आफ्नै चुलोमा पाकेका खानेकुरा खुवाइन्छ। विशेषतः अर्गानिक खाना र खाजामा जोड दिइन्छ। घरमा गाउँले संस्कृति र जीवनशैली हेर्दै बस्न पाइन्छ। अर्को कुरा होटलमा भन्दा सस्तोमा खाना र बास सुविधा पाइन्छ। त्यतिमात्र होइन, आत्मीयता र प्रेमपूर्ण व्यवहार पनि होमस्टेका प्रमुख विशेषता हुन्।  पारिवारिक वातावरण, आत्मीय व्यवहार र मिठो मुस्कानले सहरका ठूल–ठूला होटलमा भन्दा गाउँका होमस्टेमा पर्यटक खुसी हुन्छन्। साथै होमस्टेमा गाउँले जीवनशैली, परम्परा र संस्कृतिको ज्ञान मिल्छ। लोकल परिकारमा रमाउन सकिन्छ।

 

 

होमस्टे गाउँ कसरी पुग्ने :

 काठमाण्डौबाट निजी, सार्वजनिक तथा भाडाका सवारी साधनको प्रयोग गरी होमस्टे गाउँ सहजै पुग्न सकिन्छ । त्रिभुवन विमानस्थल तिनकुने – कमल विनायक, भक्तपुर तेलकोट – होमस्टे गाउँ – २२ कि.मि. (१ घण्टा ) काठमाण्डौ – तिनकुने कमल बिनायक, भक्तपुर तेलकोट होमस्टे गाउँ – २२ कि.मि. (१ घण्टा) कमल विनायक, भरतपुर – तेलकोट – होमस्टे गाउँ –

नोट – बेलुका ७ बजे पछी गाडी पाइंदैन तसर्थ ट्याक्सीको भने ब्यबस्था छ ।

 

भ्रमण कार्यक्रम 

  1. मनोरम हिमश्रृखला, झरना, जंगल, वनस्पति एवं वन्यजन्तुको दृश्यावलोकन
  2.  स्थानीय कला संस्कृतिको अवलोकन स्थानीय मठ मन्दिर गुम्वा आदिको अवलोकन
  3. Study & Research Centre of Planetarium
  4. Hiking ,biking, Village Walk
  5. Facility of Yoga/Meditation
  6. Sunrise & Sunset Views

उपलब्ध पर्यटकीय सेवा/सुविधा 

  1. मौलिक तरिकाबाट पाहुनाको स्वागत तथा विदाई
  2. आरामदायी आवाशको प्रवन्ध
  3. स्थानीय सांस्कृतिक कार्यक्रम प्रदर्शन
  4. मायाको चिनो उपहार प्रदान
  5. तातो पानी को व्यवस्था
  6. अर्गानिक खानाका परिकारको उपलब्धता
  7. Nature, Trekking and Village Walk Guide को व्यवस्था
  8. पर्यटकीय यातायात साधनको व्यवस्था

 

पर्यटकिय आकर्षण 

  1. ब्राह्मण समुदाय के संचालन गरेको नेपालकै पहिलो सामुदायिक होमस्टे
  2. प्राकृतिक वन जंगल, वनस्पति, वन्यजन्तु, झरना एवं चरा चुरूङ्गीको अवलोकन
  3. नगरकोट क्षेत्रबाट देखिने मनोरम हिमश्रृखलाहरूको दृश्यावलोकन
  4. सूर्योदय व सूर्यास्त के दृश्यावलोकन ग्रा
  5. मीण जनजीवनको प्रत्यक्ष अनुभव
  6. स्थानीय उत्पादनमा आधारित अर्गानिक खान का परिकार
  7. खैजडी भजन, वालन, श्लोक, घाँसे, तीज, दोहरी एवं स्वदेश गान सहितका स्थानीय कला संस्कृति
  8. खगोलिय (आकाशगंगा) अध्ययन अनुसन्धान केन्द्र
  9. Hiking, Village & Jungle Walk Yoga/Meditation

 

विद्यमान भौतिक सुविधा 

  1. स्वच्छ खानेपानीको व्यवस्था
  2. संचार सेवाको उपलब्धता
  3. विधुतको सुविधा
  4. स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी
  5. सुरक्षा चौकीको प्रबन्ध
  6. छोटो पदयात्रा कार्यक्रम
  7. सामुदायिक भवनको व्यवस्था
  8. मोबाईल सेवाको उपलब्धता
  9. इन्टरनेट सुविधा

 

संम्पर्क
नगरकोट सामुदायिक होमस्टे
चाँगुनारायण नगरपालिका ६, बास्तोला गाउँ

नगरकोट, भक्तपुर।
Website:www.nagarkothomestay.com
Email: [email protected]
Face book: www.fb.com/nagarkothomestay
९८४१२११५९७/९८०३०४३०१०
९८५११९६०५९/९८५१०७५०९७
पो.ब.नं. १९१५३, काठमाडौ ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?