पर्यटन बजार३० आश्विन २०७७, शुक्रबार मा प्रकाशित
असोज३०, काठमाडौं। नेपालीहरुको चाँड दशैको अवसर पारेर साकाहारी पार्टी नेपालले समाजसेवी पवित्रा गौतम संगको सहकार्यमा कालापानी-लिपुलेकका स्थानियलाई खाना तथा लत्ता कपडा वितरण गरेका छन् ।
गौतमको योजनामा दार्चुलाको ब्यास गाउँपालिका अन्तर्गतका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगाएतका क्षेत्रमा यस कोरोना को महामारी को समयमा सहयोग उपहार हस्तान्तरण गरेको हो ।
गौतम लगाएतका स्वदेश तथा विदेशमा रहेका समाजसेवीहरुको सहयोगमा दार्चुलाको मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, ब्यास गाउँपालिका, सूर्यनाथ गाउँपालिका, दुहु गाउँपालिका लगाएतका क्षेत्रमा तीन हजार परिवारलाई कपडा, ११ हजार बढि परिवारलाई औषधी, स्थानिय बीउबिजन र खाद्य सामग्री वितरण गरिएको हो ।
मातृभूमि, शाकाहारी पार्टी , अनलाइन पाना , असमान,क समन्वयमा सुदुरपश्चिमको सेति-महाकाली सिमानामा पर्ने स्थानियहरुलाई राधे खड्काको नेतृत्वमा गएको टोलीले दशैंको शुभकामना सहित लत्ताकपडा, खाद्ययान्न, औषधी, बिउबिजन तथा आर्थिक सहयोग समेत हस्तान्तरण गरेको छ ।
स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानिय क्लबका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक लगाएतको उपस्थीतिमा कमजोर आर्थिक अवस्था भएका स्थानियहरुलाई लगिएका सामाग्रीहरु वितरण गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा फहराइएको शाकाहारी पार्टीका अध्यक्ष राधे खड्काले जानकारी दिए ।
समाजसेवी पवित्रा गौतमले यसरी गरीब दुखीको अनुहारमा खुशी छाएको देख्दा अत्यन्तै आनन्द लागेको बताइन् । आफूलाई सानै देखि समाजसेवा गर्न मन लाग्ने बताउँदै जीवन रहिन्जेल सम्म नै यसै पवित्र कार्यमा लागिरहने बताइन् ।
पवित्रा गौतम विगत १५ वर्षदेखी इजराएलमा बस्दै आएकी छिन् । यस अघि पनि उनले विद्यालय, बाढि पीडित, विभिन्न आश्रममा रहेका वालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा लकडाउनको समयमा भोको पेट बसेका नेपालीहरुका लागि आर्थिक सहयोग पठाउँदै आएकी छिन् ।भने साकाहारी पार्टी पनि यस्ता सामाजिक कार्यमा दिनरात नभनी लागि परिरहेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit