पर्यटन बजार२४ मंसिर २०७७, बुधबार मा प्रकाशित
मङ्सिर २४, काठमाण्डौ। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले खर्च गर्न पाउने स्थानीय पूर्वाधार योजनाहरूको कार्यक्रम सार्वजनिकरण एवं कार्यान्वयन सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरिएको छ ।प्रदेश सभा सदस्य माननीय दीपक निरौलाको नेतृत्त्वमा मेरो क्षेत्र , मेरो योगदान सक्रिय सहभागितासहित श्रमदान नामक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेल ले जनतालाई जानकारी दिए, स्वीकृति लिएर, जनताको इच्छा लाई मध्यनजर गर्दै विकासका कार्यहरू गर्नुपर्ने बताउनु भयो । जनताको इच्छा विपरीत नगएर खुल्ला रुपमा सबै कार्यहरूको जानकारी गराएर र सुझाव लिएर मात्र कुनै कार्य गर्न जनप्रतिनिधि, प्रदेश सांसद, मेयर र वडा अध्यक्ष सबैलाई आग्रह गर्नु भयो ।
त्यस्तै उहाँले आफ्नो आफ्नो क्षेत्रमा छुट्याइएका कार्यहरूमा केन्द्रित बनेर सोही अनुरूप कार्य गरेर अघि बढ्नु पर्ने बताउँदै सम्पूर्ण कार्य गर्दै जाँदा आई पर्ने समस्याको बारेमा आफूलाई जानकारी गराउन समेत आग्रह गर्नु भयो । ती सबै समस्याको गाँठो फुकाउन आफू सँधै लागि पर्ने प्रतिबद्धता समेत गर्नु भयो। कम्यूनिकेशन ग्याप कै कारण तल्लो तह र माथिल्लो तहमा समस्या आइरहेको अवगत गराउँदै उहाँले समन्वय गरेर अघि बढ्न समेत उहाँले सुझाउनु भयो।
कार्यक्रममा क्षेत्र नम्बर ५ का जनप्रतिनिधिहरु , पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit