क्यानडाले स्वीकृत गर्‍याे फाइजरको खोप

पर्यटन बजार२५ मंसिर २०७७, बिहीबार मा प्रकाशित

क्यानडाले स्वीकृत गर्‍याे फाइजरको खोप

मङ्सिर २५, काठमाण्डौ। क्यानडाले फाइजर/बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।खोप स्वीकृत गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ। यसअघि सो खोपलाई स्वीकृति प्रदान गरेको बेलायतमा खोप अभियान नै सुरु भएको छ।

क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ।आउँदो हप्ता अमेरिकाले पनि सो खोपलाई स्वीकृति प्रदान गर्ने अपेक्षा छ। बेलायतमा गएको मंगलबारदेखि खोप अभियान सुरु भएको थियो ।

उत्पादकले खोपबारे लगातार सूचना दिनु पर्ने शर्तसहित क्यानडाले खोपलाई स्वीकृति प्रदान गरेको हो।क्यानडाले खोपका दुई लाख ४९ हजार डोज यो महिना प्राप्त गर्ने अपेक्षा छ।बेल्जियमबाट शुक्रबार खोपको पहिलो खेप ३० हजार डोज आएपछि खोप अभियान सुरु हुने अधिकारीले बताएका छन्।

Facebook Comment

छुटाउनुभयो कि?