पर्यटन बजार२५ मंसिर २०७७, बिहीबार मा प्रकाशित
मंसिर २५ ,काठमाडौँ । ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा धामी झाँक्रीहरुले दबाब कार्यक्रम गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ जस्तो महत्वपूर्ण धार्मिक स्थलमा आएर आफुहरुले दर्शन गर्न पाउनु पर्ने माग गर्दै यस कार्यक्रम आयोजना गरिएको पुर्वबन झाक्री तान्त्रिक झारफुक संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालका अध्यक्ष गोबिन्द ढुंगानाले बताए। अब खुल्छ अब खुल्छ भन्दै हामीले धेरै समय पर्खियौं तर सरकार को यस तर्फ ध्यान नजाँदा भक्तजन लगायत धामी झाँक्री ले पनि प्रत्यक्ष रुपमा दर्शन गर्न बाट बन्चित भएको गुनासो पोखे।
भौतिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अपनाएर धार्मिक, सांस्कृतिक स्थल खुला गर्न उनीहरुले ढ्यांग्रो बजाउनुका साथै दियो बालेर करिब ३ घण्टा सम्म शान्तिपूर्ण ढंगले दबाब दिएका थिए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit