तीन अर्ब लगानीमा झापामा पाँचतारे होटल ‘एट्रियम’ खोल्दै दुर्गा प्रसाईं

पर्यटन बजार२६ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

तीन अर्ब लगानीमा झापामा पाँचतारे होटल ‘एट्रियम’ खोल्दै दुर्गा प्रसाईं

मङ्सिर २६,काठमाडौं । पूर्वी नेपालको झापामा पाँचतारे होटल निर्माण भइरहेको छ । मेडिलक कलेज सञ्चालन गर्दै आएका व्यवसायी दुर्गा प्रसाईंले झापामा पाँचतारे होटल ‘एट्रियम’ निर्माण गरिरहेका हुन् ।

सुविधासम्पन्न स्टार होटलहरु पर्याप्त नभइरहेको बेला पछिल्लो समय झापामा पाँचतारे होटलहरु निर्माण हुने क्रम बढ्दै गएको हो ।

भारतीय पर्यटकहरुलाई लक्षित गरी ३ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको सो होटलको ७० प्रतिशत काम सकिसकेको छ ।

चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो होटलमा १ सय १० वटा कोठा रहने सञ्चालक प्रसाईंको भनाइ छ ।

विशेष गरी भारतीय पर्यटकहरुलाई लक्षित गरी होटलसँगै क्यासिनो सञ्चालन गर्ने योजना बनाएका छन् । बिर्तामोडबाट ३० मिनेटको दूरीमा भारतको बागढुंग्रा अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले त्यहाँका पर्यटकहरु मुख्य ग्राहकको रुपमा हेरिएको उनको भनाइ छ ।

नेपालमा क्यासिनो खेल्न आउनेहरु सबैभन्दा बढी भारतीयहरु रहेकाले पनि उनीहरुलाई नै मध्यनजर गरी सुविधासम्पन्न होटल निर्माण गरिरहेको उनले बताए ।

क्यासिनो खेल्ने नेपाली नभई भारतीय र विदेशीहरु नै भएकाले त्यहाँ सबैभन्दा राम्रो हुने विश्वास लिएको छ ।

योसँगै झापामा २ वटा पाँचतारे होटल रहनेछ । उनको होटलको व्यवस्थापन भने भारतीय कम्पनीहरुलाई दिने तयारी गरेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?