पर्वतीय दिवसमा दावा शेर्पाको नेतृत्वमा हिमाल आरोहण

पर्यटन बजार२९ मंसिर २०७७, सोमबार मा प्रकाशित

पर्वतीय दिवसमा दावा शेर्पाको नेतृत्वमा हिमाल आरोहण

मंसिर २९,काठमाडौं । आइ एम ट्रेकिङ एण्ड एक्सपेडिशनले १७औं अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा विभिन्न हिमाल आरोहणको अभियान सफल बनाएको छ ।माउन्टेन गाइड गोरखानी २, सोलुखुम्बु स्थायी घर भएका दावा शेर्पाको नेतृत्वमा हिमाल आरोहण गरेका हुन् ।उनको नेतृत्वमा पासाङ शेर्पा (लखोप ८, दूधकुण्ड नगरपालिका, सोलुखुम्बु) र सन्दुक दिर्जे तामाङ (समरे, खुम्बु पासाङल्हामु गाउँपालिका) का तीनजनाले विभिन्न हिमाल आरोहण गरेका हुन्

।डिसेम्वर ११ मा अन्तर्राष्ट्रिय पर्वतिय दिवस पर्दछ । विन्टर एक्पेडेसनमा इम्जा से आइल्याण्ड पिक६१६५मि,लोबुचे पुर्व ६११९ मि र लोबुजे पश्चिम ६१३५ मा आरोहण गरिएको जनाएको छ ।

दावा शेर्पा पर्वतीय गाइडको साथै त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयमा स्नातकोत्तर गर्ने युवा पर्यटन व्यवसायी पनि हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?