गौतमबुद्ध र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलीङको जिम्मा निगमलाई

पर्यटन बजार२ पुष २०७७, बिहीबार मा प्रकाशित

गौतमबुद्ध र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलीङको जिम्मा निगमलाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्डह्याण्डलीङ गरिरहेको नेपाल वायुसेवा निगमलाई थप दुई विमानस्थलको पनि जिम्मा पाएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्डह्याण्डलीङको जिम्मा दिएको निगमका प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।

निर्माणधिन गौतमबुद्ध विमानस्थलको निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने पोखरा विमानस्थलको पनि काम सकिन थालेको छ ।

केहि समय भित्रै सञ्चालनमा आउन लागेको सो विमानस्थलको ग्राउण्डह्याण्डलीङको जिम्मा पाएसँगै आवश्यक काम अगाडी बढाउन लागिएको विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comment

छुटाउनुभयो कि?