जनकपुरको प्लेन पोखरा पुगेपछि बुद्धले माग्यो माफी

पर्यटन बजार९ पुष २०७७, बिहीबार मा प्रकाशित

जनकपुरको प्लेन पोखरा पुगेपछि बुद्धले माग्यो माफी

पुस ९ ,काठमाडौँ ।  शुक्रबार जनकपुर जानुपर्ने उडान पोखरा पुगेकोमा बुद्ध एयर व्यस्थापनले माफी मागेको छ । बुद्ध एयरले बुधबार विज्ञप्ति जारी गरी घटनाको छानबिन गरेको जानकारी गराएको छ । यस्तै बुद्धले भविष्यमा यस्ता घटना नदोहोर्यार्याउने प्रतिबद्धता जनाएको छ ।

‘यो विशेष घटनाको सम्बन्धमा हामी हाम्रा यात्रुलाई परेको असुविधाका लागि हृदयदेखि माफी चाहन्छौं,’ बुद्धले विज्ञप्तिमा भनेको छ, ‘साथसाथै भविष्यमा यस्ता घटना नदोहोरिने विश्वास पनि दिलाउन चाहन्छौं ।’

बुद्धको एटीआर विमान जनकपुरका लागि ६९ यात्रु राखेर शुक्रबार काठमाडौंबाट पोखरा पुगेको थियो । उडान फेरि पोखराबाट ४५ मिनेटपछि जनकपुरतर्फ उडेको थियो । बुद्धले आफ्नो ग्राउन्ड अप्रेसन र चालक दलबीच मिस कम्युनिकेसन भएका कारण यो घटना भएको जनाएको छ । ‘

Facebook Comment

छुटाउनुभयो कि?