प्रदेश सभा खारेज गर्ने, संकटकाल लगाउने योजनामा प्रधानमन्त्री रहेको आशंका छ : योगेश भट्टराई

पर्यटन बजार२१ पुष २०७७, मंगलवार मा प्रकाशित

प्रदेश सभा खारेज गर्ने, संकटकाल लगाउने योजनामा प्रधानमन्त्री रहेको आशंका छ : योगेश भट्टराई

पुस २१, काठमाडौँ।प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली प्रतिगमन,पश्चगमन, प्रतिक्रान्ति, गणतन्त्र विरोधी, संघीयता विरोधी कित्ताका प्रतिनिधि भएको टिप्पणी गरेका छन् ।

मंगलबार बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री प्रदेश सभा खारेज गर्ने, संकटकाल लगाउने योजनामा रहेको समेत आशंका गरेका छन्।

‘प्रदेश सभा खारेज गर्ने, संकटकाल लगाउने योजनामा प्रधानमन्त्री रहेको आशंका छ। यसले प्रतिगमनलाई कस्दै लैजान्छ’, उनले भने, ‘उहाँका मान्छेले संघीयता र समावेशी चाहिँदैन भनिरहेका छन्।’यस्ता कुराले राजा ज्ञानेन्द्रको पुनरावृत्ति हुन खोजेको भान भइरहेको उनले बताए।

आफूहरू कानुनी र राजनीतिक लडाइँमा रहेको भन्दै त्यसका लागि सडकमा समेत जाने उनले बताए।

Facebook Comment

छुटाउनुभयो कि?