देशलाई शुशासन चाहिएको छ – युवानेता मल्ल

पर्यटन बजार२६ पुष २०७७, आईतवार मा प्रकाशित

देशलाई शुशासन चाहिएको छ – युवानेता मल्ल

पुष २६ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन र चुनाब घोषणा गरे लगत्तै राजनीतिक दलहरु पार्टी भेलामा व्यस्त बन्न थालेका छन्।सोहिक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्याङ्गजा गल्याङ्गमा पार्टी भेला सम्पन्न गरेको छ।

नेकपा नेता तथा अनेराश्ववीयुका पूर्व अध्यक्ष किशोर बिक्रम मल्लले कार्यक्रम मा बोल्दै देशलाई शुसासन चाहिएको बताएका छन्। उनले भने ” देशलाई शुशासन चाहिएको छ भ्रस्टाचार मुक्त समाजको आवश्यकता रहेको छ र यो समाजको निर्माण मा नेकपाले दिनरात नभनी काम गरेको छ। “
नेकपा का अध्यक्ष केपी शर्मा ओली तथा प्रमले ल्याएको सम्बृद्ध नेपाल र सुखी नेपालीको अभियान लाइ सफल बनाउन सबैले साथ दिन पनि मल्लले सर्वसाधारण लाइ आग्रह गरे।

कार्यक्रममा कृषि मन्त्री पद्मा अर्यालले नेपालको सहि नेतृत्व प्रधानमन्त्री ओलीले गर्नेमा कुनै दुइ मत नरहेको बताइन। हालको ३ बर्षमा प्रम ओलीले देश बिकासको लागि धेरै योजनाहरु अघि सारेको र सम्बृद्ध नेपालको लागि , शुशासन समाजको लागी ओलीको बिकल्प नरहेको समेत मन्त्रि अर्यालले बताइन।

नेता मल्ल नेकपामा गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन् । उनी नेकपामा बौद्धिक, ईमान्दार र नेतृत्वमा अब्बल युवा नेताका रुपमा चर्चित छन् ।

Facebook Comment

छुटाउनुभयो कि?