नुवाकोटको शिवपुरीमा गोरु जुधाई कार्यक्रम सम्पन्न

पर्यटन बजार२ माघ २०७७, शुक्रबार मा प्रकाशित

नुवाकोटको शिवपुरीमा गोरु जुधाई  कार्यक्रम सम्पन्न

माघ २ ,नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा माघे सङ्क्रान्तिको अवसरमा परम्परागत रूपमा चलिआएको गोरू जुधाउने कार्यक्रम सम्पन्न भएको छ। गतसाल देखि शिवपुरी शेराबगर मा जुधाइदै आइएको यस स्थानमा यसपाली ३ हाल गोरु जुधाइएको थियो।

हरेक वर्षझैं यसपाली पनि नुवाकोटका विभिन्न स्तानमा गोरु जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। नुवाकोटको बेत्रावतिमा र धादिङको निलकण्ठमा पनि गोरु जुधाइ भएको छ।

शिवपुरीको शेराबगरमा भएको गोरु जुधाइमा प्रथम विजेता गोरु धनीले रु १० हजार र रु ५ हजार प्राप्त गरेका थिए । ज्ञान बहादुर तामाङ र देब बहादुर तामाङका दुई गोरुले नै उत्कृष्ट प्रदर्शन गरेकाले गोरु धनीहरूको समझदारीमा २ गोरुलाई नै प्रथम घोषणा गरी पुरस्कार प्रदान गरिएको हो ।यी गोरुले लगातार २८ मिनेटसम्म जुधेर उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्यस्तै दोस्रो बनेको गोरु धनी तिलक बहादुर बखती ले रु १० हजार प्राप्त गरे । बखती को फुर्के गोरुले २० मिनेट जुधेर राम्रो प्रदर्शन गरेको थियो । तेस्रो बनेको गोरु धनी लव थापाले रु ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे।यस गजुवा गोरुले ८ मिनेट सम्म जुधेर मनोरञ्जन प्रदान गरेको थियो।

गोरु जुधाउने कामसंगै लोकदोहोरी, स्थानीय साङ्गीतिक कार्यक्रमले उपस्थित दर्शकलाई थप मनोरञ्जन प्रदान गरिएको थियो । साथै कलाकार , गोरु बिजेताहरुलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष राम कृष्ण थापाले गोरुजुदाई कार्यक्रम ऎतिहासिक परम्परा हो, यसलाई जोगाइ राख्नु आजको हामी युवा पुस्ताको कर्तब्य हो। यसले हाम्रो यस स्थानको सास्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्वमा पनि बढावा दिन्छ। जसले गर्दा स्थानियहरुको जीवनस्थरमा पनि सुधार हुन्छ भन्नुभयो।

इतिहास
तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले सुरु भएको भन्ने आधिकारिक तिथि, मितिहरू भने कहि कतै भेटिएको छैन । तर कुनै तिथि मिति नभेटिए पनि स्थानीय बूढापाकाहरूका अनुसार यो पर्व करिब दुई सय वर्ष पुरानो मानिन्छ । हिउँदमा फुर्सदको समयमा किसानहरु माघे सङ्क्रान्ति पारेर मीठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको विकास सँगै यो परम्पराको एक विशेष रूपमा विकास भएको हो भन्ने यहाँका स्थानीय बासिहरूको बुझाइ रहेको छ ।

यसको सुरुवात
विसं १८८७ देखि गोरु जुधाउने प्रचलन रहेको पाइन्छ। मल्ल कालदेखिको इतिहास बोकेको तारुकाको चन्दनीपाटोमा गोरु जुधाउने परम्परा निकै हो । मल्लकालीन राजाहरूको बिर्ता रहेको तारुका क्षेत्रमा गोरुजुधाइको प्रचलन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको पालामा सुरु भएको बताइन्छ। जयपृथ्वीबहादुर सिंहले भान्जालाई खुशी पार्न गोरु जुधाएको स्थानीय बताउँछन्।

Facebook Comment

छुटाउनुभयो कि?