गणेशमान को सम्झनामा बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने

पर्यटन बजार२ माघ २०७७, शुक्रबार मा प्रकाशित

गणेशमान को सम्झनामा बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने

माघ २, काठमाडौँ।काठमाडौं मा पहिलो पटक बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ। नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा गणेश मान सिंह बागमती प्रदेश बक्सिङ प्रतियोगिता हुने भएको हो ।
२०४६ को जनआन्दोलन का सर्वोच्च कमाण्डर गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको अतुलनिय योगदान लाई सम्झिँदै सिंहको पहलमानी र बक्सिङ खेलमा आफूलाई कुशल खेलाडीका रूपमा पनि स्थापना गरेको कुरालाई मनन गर्दै यस कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ ।
फागुन १९ देखि २२ गतेसम्म चल्ने यस बक्सिङ प्रतियोगिता मा महिलातर्फ ४८,५१,५४,५७,६० र ६४ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९,७५ र ८१ केजीमाथिको तौल समूहमा हुनेछ ।
स्युचाटार मा आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका १३ ओ टै जिल्लाका खेलाडी ले सहभागी जनाउन पाउनेछन्। जसमा प्रतियोगिताको हरेक तौल समूहका विजेताले रु १० हजार पाउनेछन् , दोस्रो हुनेले ७ हजार र तेस्रो हुने २ खेलाडीले जनही ४ हजार प्राप्त गर्नेछन्।प्रतियोगिता संचालनका लागि नागार्जुन नगरपालिका ले २० लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको कुल बजेट ३० लाख लाग्ने अनुमान गरिएको छ ।

खान बस्नको ब्यबस्था छ भने, प्रथामिकता बेस्ट बक्सर महिलाको लागि स्कुटी र पुरुष को लागि बाइक मेयर द्वारा प्रदन गरिने छ।

Facebook Comment

छुटाउनुभयो कि?