पशुपतिनाथको मूल शिवलिंगमा ८० करोडकाे जलहरी

पर्यटन बजार१३ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

पशुपतिनाथको मूल शिवलिंगमा ८० करोडकाे जलहरी

फागुन १३,काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा-आराधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिएका छन् ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकाले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाई छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए । यस कार्यका निम्ति ८० करोड रुपैंया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताएका छन् ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उनले बताए । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिंदँ सदस्य सचिव डा. ढकालले शिवरात्रीमा यसवर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने उनले बताए । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाई छ ।

पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागू औषध बर्जित गरेको पनि उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?