धुलिखेलमा मल्टिमिडिया तथा पत्रकारिता तालिम सुरु

पर्यटन बजार१३ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

धुलिखेलमा मल्टिमिडिया तथा पत्रकारिता तालिम सुरु

फागुन १३,काठमाडाैँ।सञ्चार रजिष्ट्रारको कार्यालयले काभ्रेको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु गरेको छ। बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले तालिमको उद्घाटन गरेकी छन्।फागुन १६ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशमा क्रियाशिल १९ पत्रकार सहभागी छन्।  

तालिमको उद्घाटन गर्दै उपसभामुख तामाङले तालिम उपयोगी हुने विश्वास व्यक्त गरेकी छन्। सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले आफूले लेख्ने समाचारलाई स्थानीय नठान्न र विश्वस्तरीय पाठक, स्रोता र दर्शक कहाँ पुग्ने समाचार उत्पादन गर्न अनुरोध गरे। 

तालिममा बागमती प्रदेशका सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुरका २६.३ प्रतिशत महिला र ७३.७ प्रतिशत पुरुष पत्रकार सहभागी छन्। सहभागीलाई प्रवेश सुवेदी र उमेश श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिँदै छन्। 

अनलाइन पत्रकारिताको विस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको रजिष्ट्रार सापकोटाको  भनाइ छ। सञ्चार रजिष्ट्रारको कार्यालयले करिब ८० जना पत्रकारलाई मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाइसकेको छ।

Facebook Comment

छुटाउनुभयो कि?