बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन

पर्यटन बजार१३ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन

फागुन १३,काठमाडाैँ।शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ ।दैनिक झर्ना अवलोकन र झर्नाको पानीमा नुहाउनेको सङ्ख्या थपिँदै जादेई गएको छ। दैनिक झर्ना अवलोकनका लागि २०० देखि ६०० बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन । शनिबारलगायत बिदाका दिन झर्ना क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिएको हुन्छ । आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झर्नाको चिसो पानीमा नुहाउँदै तराईको गर्मीलाई बिर्सनका लागि त्यहाँ पुग्ने गरेका छन् । चराको चिरविर आवाज सुन्दै झर्ना भएको ठाउँमा हिँड्दै गरेका बेला नजिकैबाट जङ्गली जनावर उफ्रिँदै हिँडेको दृश्य देख्न सकिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?