तनहुँ पर्यटन प्रवर्द्धन समाजको छैठौं बार्षिक साधारण सभा सम्पन्न

पर्यटन बजार१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

तनहुँ पर्यटन प्रवर्द्धन  समाजको छैठौं बार्षिक साधारण सभा सम्पन्न

फागुन १४, काठमाण्डौ। आज पर्यटन ब्यबसायिहरु द्वारा तनहुँको आन्तरिक र बाह्य पर्यटन बिकासमा महवपूर्ण भूमिका निर्वाह गरिरहेको संगठन ‘तनहुँ पर्यटन प्रवर्द्धन समाजले’ आफ्नो छैठौ बार्षिक साधरण सभा कार्यक्रम किर्तिपुरको ग्रीन इको रिसोर्टमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा पुर्व बन तथा बाताबरण मंत्री शंकर भण्डारी, टानका निबर्तमान अध्यक्ष नवराज दाहाल, अध्यक्ष खुम सुबेदी, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, नाराका अध्यक्ष, भिटअफ नेपालका अध्यक्ष धुर्ब सिम्खडा, नेपाल पर्यटन बोर्डको सदस्य चन्द्र रिजाल, निबर्तमान सदस्य दिपक महत,तनहुँ पर्यटन पर्यटन प्रवर्धन समाजका कार्यसमितिका अध्यक्ष गुप्त भण्डारी लगायतका बिभिन्न क्षेत्रका पर्यटन ब्यबसायीहरुको संलग्नता रहेको थियो।

कार्यक्रममा कोरोना भाइरसको कारण ठप्प भएको पर्यटन क्षेत्रलाइ कसरी चलायमान बनाउने, तनहुँमा पर्यटनका के के सम्भावनाहरु छन्, आन्तरिक पर्यटकलाइ घुम्न उत्प्रेरित गर्न के के गर्न सकिन्छ र कोरोनाको कहर हटिसक्दा पनि सरकार बिदेशी पर्यटक माथि किन रोक लगाउछ जस्ता महत्वपुर्ण कुराहरुमाथि सोरोकारवालाहरुले आफ्ना भनाइ राखेका थिए।

कार्यक्रममा बोल्दै टानका निबर्तमान अध्यक्ष नमराज दाहालले तनहुँमा आफैमा एक धार्मिक, ऎतिहासिक र प्राकृतिक रुपमा धनि भएकाले पर्यटन प्रबर्धनका थुप्रै सम्भावनाहरु बोकेको ठाउँ हुनाले सबै जना मिलेर पर्यटन प्रवर्धन गर्ने बताउनुभयो। साथै यस्तो संकटको परिस्थितिमा सरकारले आफ्नो क्षेत्रबाट अपेक्षित सहयोग नगरेकोमा गुनासो गर्नुभयो।

साथै टानका अध्यक्ष खुम सुबेदीले तनहुँ पर्यटकीय हिसाबले चर्चित गन्तब्य भएकाले यसलाई थप प्रचार प्रसार गर्ने हो भने समस्त नेपालको पर्यटनलाई थप उचाइ दिएको र आगामी दिनमा नेपालको नाम अझै अगाडि बढ्ने बिश्वास रहेको बताउनुभयो । साथै बिदेशी पर्यटकलाइ अन अराइभल भिसाको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो।

त्यस्तै बन तथा बातावरण मन्त्रि संकर भण्डारीले बाह्य पर्यटक भित्र्याउन आएको तत्कालिन रोकावटलाइ हटाउने बिषयमा सरकारमा सरोकारवाला संग कुरा गरेर सकेसम्म छिटो समाधान गर्न जोड गर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै तनहुँ पर्यटन प्रवर्धन समाजका अध्यक्ष गुप्त भण्डारीले तनहुँ आफैँमा एक सुन्दर पर्यटकीय गन्तव्य मानिन्छ तर आवश्यक प्रचारप्रसारको अभावमा सोचेजस्तो त्यहाँ पर्यटक भित्र्याउन सकिएको छैन । तर पनि पर्यटनमा केही प्रतिशत फड्को मार्न सफल भएको देखिन्छ । यहाँका सांस्कृतिक, प्राकृतिक तथा धार्मिक सम्पदा नै पर्यटकका लागि मुख्य आकर्षण भएकाले आगामी दिनमा अझै धेरै पर्यटक भित्र्याउने योजना बनाइरहेको पनि बताउनु भयो।

पुर्व टानका अध्यक्ष तथा पर्यटन बोर्डका निबर्तमान सदस्य दिपक महतले आदिकबी भानुभक्त आचार्यको जन्मभुमी अझै प्राकृतिक, सास्कृतिक, धार्मिक र ऎतिहासिक भुभाग भएको जिल्ला तनहुँ आफ्नो सौन्दर्यता र प्रतिष्ठाका बाबजुद अलिक पछाडि परेको कारण नयाँ सम्भावनाहरु अध्य्यन गरि नयाँ कार्यसम्पादन गरेर अगाडि बढे अझै धेरै पर्यटकहरु तनहुँमा चलायमान हुने र त्यही अनुरुपको कार्यक्रम सम्पादन गर्न आफ्नो क्षेत्रबाट तनहुँ पर्यटन प्रवर्द्धन समाजलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्राम पश्चात तनहुँ पर्यटन प्रवर्द्वन सामाजको नयाँ कार्यसमिति गठन भएको थियो। नयाँ कार्यसमितिमा अध्यक्ष – गुप्त बहादुर भण्डारी, निबर्तमान अध्यक्ष शेखर बहादुर थापा, उपाध्यक्ष शुक्रकुमार श्रेष्ठ, महासचिब दामोदर थापा, सचिब राजेन्द्र जि. सी, कोषाध्यक्ष भुवन श्रेष्ठ ,सह- कोषाध्यक्ष हिउवाला प्रधान र सदस्यहरु केशब श्रेष्ठ, हरिशचन्द्र गैरे, प्रेम तिमल्सिना, हरी लामिछाने, रुद्र सिंह ठकुरी गरि १२ जनाको नयाँ कार्यसमिति गठन भएको छ।

Facebook Comment

छुटाउनुभयो कि?