कमलपोखरीमा भत्काइयो सिमेन्टबाट बनाइएका संरचना

पर्यटन बजार१५ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

कमलपोखरीमा भत्काइयो सिमेन्टबाट बनाइएका संरचना

फागुन १५, काठमाडौं । कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गरेको भन्दै वृहत नागरिक आन्दोलनले विरोध गरेका छन् । वृहत नागरिक आन्दोलनका सहभागीहरुले पोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका हुन् । त्यस क्रममा प्रहरीसँग आन्दोलनका सहभागीको धकेलाधकेल भएको थियो ।

त्यसपछि उनीहरुले माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’, कमलपोखरी जनताको हो भन्दै नारा लगाएका थिए । उनीहरुले विकासका नाममा मौलिकता नमास्न आग्रह गरेका छन् ।

यसअघि वृहत नागरिक आन्दोलनले शुक्रबार नै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने, मातृभाषा संरक्षण गर्नुपर्ने लगायतको माग राखेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?