ठमेलका गल्लीमा फाट्टफुट्ट पर्यटक

पर्यटन बजार१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

ठमेलका गल्लीमा फाट्टफुट्ट पर्यटक

फागुन १८ , काठमाडौँ। कोरोना महामारीपछि सुनसान भएका ठमेलका गल्लीमा फाट्टफुट्ट पर्यटक देखिन थालेका छन्। कोभिड – १९ नियन्त्रणमा आउन थालेसँगै विदेशी पर्यटक आगमनमा पनि सुधार देखिएको हो ।

अंग्रेजी वर्षको पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा गरी १८ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ र फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये भारतीय ८ हजार ७ सय ९१, चिनियाँ २ हजार ५ सय ८५ र अमेरिकी १ हजार ९ सय ९४ जना छन् ।

Facebook Comment

छुटाउनुभयो कि?