१० वर्ष पछि पर्यटन बोर्डले पायो उपाध्यक्ष

पर्यटन बजार१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

१० वर्ष पछि पर्यटन बोर्डले पायो उपाध्यक्ष

फागुन १८ ,काठमाडौं । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्रप्रसाद रिजाल नियुक्त भएका छन् । २०६५ साल मंसिर २२ गतेदेखि खाली रहेको उक्त पदमा मंगलबार सञ्चालक समितिको बैठकले रिजाललाई नियुक्त गरेको हो ।

गत माघ २३ गते मन्त्रिस्तरीय बैठकको निर्णयबाट क्रमशः चन्द्रप्रसाद रिजाल, कृष्ण शाह, र ङावाङिमा शेर्पालाई नियुक्त गरेको थियो भने निजी क्षेत्रबाट नियुक्त हुने पाँच जनामध्ये २ जना यसअघि नै स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारिले नियुक्त गरेका थिए ।

जसमा पर्यटन व्यवसायी विप्लव पौडेल र अर्का पर्यटन व्यवसायी पम्फा धमला रहेका थिए । नेपालको पर्यटनलाई विश्वबजारमा चिनाउने हेतुले निर्माण गरिएको यस संस्थामा वार्षिक डेढ अर्बदेखि २ अर्ब बजेट हुन्छ ।

धादिङ खाल्टे ३ घर भई लामो समयदेखि नेकपा एमालेको राजनीतिमा होमिएका चन्द्रप्रसाद रिजाल पर्यटन क्षेत्रमा संगठन निर्माणदेखि पर्यटनका विज्ञका रुपमा चिनिन्छनन् ।

उनी होटल व्यवसायीहरुको छाता संगठन हानको केन्द्रीय सदस्य, ट्रेकिङ एजेन्सिज एसोसियज नेपाल टानका अध्यक्ष, पर्यटन व्यवसायीहरुसँग जोडिएको सहकारी दीगो पर्यटनको अध्यक्ष, नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको संस्था नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको अध्यक्ष जस्ता पर्यटन क्षेत्रमा आवद्ध रहेको दर्जनभन्दा बढी संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेका छन् । पार्टी गतिविधिमा पनि चन्द्रप्रसाद रिजाल नौलो नाम भने होइन ।

Facebook Comment

छुटाउनुभयो कि?