मन्त्री भानुभक्त ढकालको ठाडो निर्देशनमा निगमका इन्जिनियर शाहलाई तालिममा पठाइँदै

पर्यटन बजार१९ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

मन्त्री भानुभक्त ढकालको ठाडो निर्देशनमा निगमका इन्जिनियर शाहलाई तालिममा पठाइँदै

फागुन १९ ,काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको ठाडो निर्देशनमा नेपाल वायुसेवा निगमका इन्जिनियर मनोज शाहलाई तालिमका लागि भारतमा पठाउने भएको छ ।

चिनियाँ जहाजको इन्जिनियरको रुपमा कार्यरत शाहलाई यसअघि निगम सञ्चालक समितिले दुई पटक तालिममा पठाउन रोक लगाएको थियो । चिनियाँ जहाज मात्र मर्मत गर्दै आएका शाहलाई अहिले न्यारोबडी ३२० जहाज सम्बन्धीको तालिमका लागि पठाउने निर्णय सञ्चालक समितिले गरेको हो ।

नेपाली काग्रेसको कोटाबाट बोर्ड सदस्य भएका अच्यूतराज पहाडीको सञ्चालकको पदावधि सकिएको छ । उनी नभएको मौकामा महाप्रवन्धक पौडेलले प्रस्ताव बोर्डमा लगेर पारित गरेका हुन ।

यस अघिका बैठकमा उनै सञ्चालक समितिका सदस्य पहाडी लगायतले चिनियाँ जहाज व्यवस्थापन नभएसम्म शाहलाई तालिममा पठाउन नहुने बताउदै आएका थिए ।‘शाहलाई तालिममा नपठाउने हाम्रो कुनै नियत थिएन,पूर्व सञ्चालक पहाडीले भने तर,५ वटा चिनियाँ जहाजलाई अलपत्र पनि त पार्नुभएनन नी’ ।

निगम सञ्चालक समितिले गत साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज सञ्चालन गर्ने निर्णय गरिसकेको छ । ती जहाजहरुको व्यवस्थापन कसरी गर्ने निर्णय भने अहिले भइसकेको छैन । अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयलाई दोष देखाउँदै ती जहाजहरुलाई कवाडी बन्न तर्फ धकेल्ने काम भइरहेको छ ।

महाप्रवन्धक पौडेलले चिनियाँ जहाज सञ्चालनमा नरहेपछि इन्जिनियर शाहलाई न्यारोबडी जहाजको तालिम दिन पठाउन लागिएको जानकारीदिए । जहाज नचलेपछि उनि त्यतिकै बसिरहेका थिए, महाप्रवन्धक पौडेलले भने,त्यहि भएर उनलाई अर्को जहाज मर्मतको योग्य बनाउन लागिएको हो ।

निगम स्रोतका अनुसार यस्ता तालिमहरुका लागि विभिन्न कम्पनीहरुबाट कोटेशन आब्हान गर्नुपर्ने हुन्छ । तर,इन्जिनियर शाहको हकमा भने सिधै भारतको एक कम्पनीमा तालिम दिन पठाउन लागिएको बताइएको छ । कम्पनी नाम र पठाउने मिति खुलाइएको छैन ।

Facebook Comment

छुटाउनुभयो कि?