पर्वतारोहण संघ विरुद्धको मुद्दा अदालतद्वारा खारेज

पर्यटन बजार१९ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

पर्वतारोहण संघ विरुद्धको मुद्दा अदालतद्वारा खारेज

फागुन १९ ,काठमाडौँ। नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभा रोक्न भन्दै दर्ता भएको रिट खारेज भएको छ । फागुन १३ गते उच्च अदालत पाटनमा संघका सदस्य विकास रत्न तुलाधरले मुद्दा दर्ता गरेका थिए ।

अदालतले फागुन १६ गते १० बजे छलफलका लागि बोलाएर रीट रितपुर्वक र व्यक्तिगत रिसिविका कारण दर्ता भएको देखिएको भन्दै र आफ्नो क्षेत्रधिकार नभएको भन्दै अदालतले खारेज गरेको छ । संघको फागुन १६ गते वार्षिक साधारणसभा राख्ने गरी अनि्तम तयारी गरी सकेको थियो तर अदालतले १४ गते साधारणसभा नगर्नु भन्दै अल्पकालिन आदेश जारी गरे पछि संघले सम्मानीत अदालतको आदेशको पुर्ण पालना गर्दै साधारणसभा स्थगित गरेको थियो ।

साधारणसभा स्थगित भए पछि लाखौ रुपैयाँ नेपाल पर्वतारोहण संघलाई नोक्सान भएको जनाएको छ । सस्थाले नोक्सान खेप्नु समग्र पर्वतारोहीको लेवि र हिमालको रोयल्टी खर्च भएको भन्दै दोषी उपर कारवाही हुनु पर्ने संघका अध्यक्ष शन्तविर लामाको माग छ ।

पर्वतारोही र संघका सदस्यहरुले मुद्दा लगाएर संघलाई नोक्सान पुर्याउने व्यकि्तको नियत र अदालतले त्यो मुद्दा खारेजीनै गरेको विषयलाई बुझेर त्यस्ता सदस्य माथि प्रस्न उठाउनु पर्ने संघको माग छ । सदस्यता वितरण र साधारणसभाको सूचना नपाएको भन्दै मुद्दा दर्ता तुलाधरले मुद्दा दर्ता गरेका थिए । तर संघले भने विधानलाई टेकेर सदस्यता वितरण गरेको र सार्वजनिक सूचना प्रकाशन, सामाजिक सञ्जाल, एसएमएस, वेवसाइट लगायतमा सूचना दिएर साधारणसभा गर्ने तयारी गरेको पुष्टी भए पछि अदालतले मुद्दा खारेजनै गरेको थियो ।

अदालतमा पक्षले प्रमुख जिल्ला अधिकारीले मुद्दा लिन नमानेको समेत आरोप लगाएर समग्र प्रशासन माथि झुटो आरोप लगाउदै अपमान गरे पछि अदालतले मुद्दाका पक्षधर तुलधार माथि प्रश्न गरे पछि प्रश्नको जवाफ दिन सकेको थिएन । न्यायधिसले तत्काल प्रजिअलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्न भने पछि उनी जिल्ल परेका थिए । संघले यसबाट पुगेको आर्थिक र नैतिक क्षतिपुर्ती माग गर्दै मुद्दा दर्ता गर्ने तयारी समेत थालेको जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?