ग्रामीण पर्यटन ब्युँताउन र पुनः प्रवर्द्धन गर्न उम्मेदवारी दिएको हुँ – कृष्णबहादुर सुवेदी

पर्यटन बजार१९ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

ग्रामीण पर्यटन ब्युँताउन र पुनः प्रवर्द्धन गर्न उम्मेदवारी दिएको हुँ –   कृष्णबहादुर सुवेदी

फागुन १९ ,काठमाडौँ। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को आगामी कार्यसमितिको नेतृत्वमा कृष्णबहादुर सुवेदीले दाबी गरेका छन्। ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँ, धादिङ निवासी ३४ वर्षे सुवेदी युवा पर्यटन व्यवसायी हुन्।

आगामी चैत २० गते काठमाडौंमा हुने भिटोफको २४ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ। कोरोनाले थला परेको नेपालको ग्रामीण पर्यटन व्युँताउन र पुनःप्रवर्द्धन गर्नलाई आफुले उम्मेद्वारको घोषणा गरेको सुबेदीले बताए। “भिटोफको खस्किँदै गएको गरिमा जोगाउन पनि मैले नेतृत्वमा उम्मेद्वारी दिनुपर्छ भन्ने लागेकोले अघि बढेको हुँ ” उनले भने।

करिब एक वर्ष लामो कोरोना संक्रमणले बाह्य तथा आन्तरिक पर्यटन क्षेत्र तहसनहस बने संगै होमस्टे खाली भए, अब बिस्तारै आन्तरिक पर्यटन व्युतिने अवस्थामा छ। ‘मेरो नेतृत्वको भिटोफ-नेपालले ग्रामीण पर्यटनको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्नेमा बिश्वस्त छु सुबेदी ले भने। छ ,’ उनले थपे।

नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशकसमेत रहेका सुवेदीले भिटोफ नेपालमा सह-कोषाध्यक्षका जिम्मेवारी सम्हालिसकेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?