आजको राशिफल !

पर्यटन बजार२० फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

आजको राशिफल !

फागुन २०, काठमाडौं।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मनोरन्जनमा सहभागिता भईनेछ । शिक्षामा सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शेयरबाजारको कारोबार बाट पनि लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खानपिनमा सजकता अपनाउनु पर्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रन सक्छ । – ज्यो.प.नानीराम भट्टराई

Facebook Comment

छुटाउनुभयो कि?