प्लेन चढ्दा किन अफ गर्नुपर्छ मोबाइल, यस्तो छ जान्नै पर्ने कुरा

पर्यटन बजार२० फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

प्लेन चढ्दा किन अफ गर्नुपर्छ मोबाइल, यस्तो छ जान्नै पर्ने कुरा

फागुन २०, काठमाण्डौ -तपाई विमान चढ्नु भएको छ भने तपाईले यसबारे जानकारी पाइसक्नु भएको छ कि भित्र मोबाइल अफ वा फ्लाइट मोडमा राख्नु पर्ने हुन्छ ।

विमानले उडान भर्नु अघि सिटबेल्ट लगाउन र मोबाइल फ्लाइट मोडमा राख्न परिचारिका अर्थात एयर होस्टेजले आग्रह गर्छन् । तपाई पहिलो पटक विमान चढ्दै हुनुहुन्छ भने यो कुरालाई ख्याल गनुपर्ने हुन्छ ।

आखिर विमान चढ्दा किन मोलबाइलाई अफ वा फ्लाइट मोडमा राख्नु पर्छ होला ? यसको पछाडिको कारण तपाईलाई थाहा छ ।

फोनबाट निस्कने विद्युतीय तरंगलाई रोक्न र विमानमा पुग्न सक्ने क्षतिलाई रोक्न पूर्व सावधानी अपनाउनका लागि यस्तो प्रकृया गरिएको हुन्छ ।

तर आजभोलि पाइलट आफैंले आफ्नो आईप्याड तथा अन्य ट्याब्लेट विमानको ककपिटमा राखिरहेका हुन्छन् । आफ्नो पेपरवर्कका लागि ती उपकरण विमान चालकले प्रयोग गर्दछन् ।

यसबाहेक विमानका अन्य कर्मचारीहरुले पनि ठूलाठूला फोन र ट्याबलेट प्रयोग गरिरहेका हुन्छन् ।

वास्तवमा बुझ्नुपर्ने कुरा के छ भने विमानका कर्मचारीले प्रयोग गर्ने यी उपकरणले तरङ्ग सृजना गर्दैनन् । अर्थात् ती सबै परीक्षण भएका उपकरण हुन् ।

तर यी परीक्षण गरेका सबै उपकरण पनि सुरक्षित हुँदैनन् । विमानमा यात्रा गर्दा तपाई हामी सबैलाई टेकअफ र ल्यान्डिङको बेलामा फोन अफ गर्न लगाइन्छ । जहाज ल्यान्डिङको बेलामा फोन प्रयोग गर्नाले विमान दुर्घटना हुन्छ भन्ने कि भन्ने अनुमान धेरैले गर्छन् ।

वास्तवमा मोबाइल प्रयोग गर्दैमा विमान दुर्घटना हुने होइन। तर विमान चालक र यात्रुका लागि यो प्राणघातक बन्न पनि सक्छ।

फोन अन गर्दा विमानको कनेक्सनमा गढबढी आउछ। जसका कारण पाइलटलाई विमान सञ्चालनमा अप्ठ्यारो हुन्छ। स्पिकरको नजिक फोन बज्ना साथ त्यसको आवाज सिधा पाइटको हेडसेटमा पनि सुनिन थाल्छ।

तर यस्तो सँधै हुने होइन, यसको सम्भावना भने निकै कम हुन्छ। ५०वटा फ्लाइटमा एक या दुईपटक पाइलटले यस्तो आवाज सुन्ने गर्छन्। यसरी आवाज नै कम सुनिन्छ वा सबैले आफ्नो मोबाइल स्विच अफ गर्छन्, त्यसैले यस्‍ता समस्याहरु कम हुनुगरेका छन् भन्ने कुरा स्पष्ट छैन।

कहिलेकाहि सञ्चार सम्बन्धि धेरै समस्याहरु पनि आउने गर्छन्।

द मेलमा छापिएको एक समाचार अनुसार एउटा व्यक्तिको फोनका कारण विमान र ट्राफिक कन्ट्रोलको रेडियो कलमा निकै समस्या देखापरेको थियो। जसका कारण त्यो विमानमा सवार यात्रु र अर्को विमानका यात्रुलाई जोखिम श्रृजना भएको थियो ।

सामान्यतया फ्लाइट मोड अन गर्नाले कुनै समस्या आउदैन । विकसित मुलुकमा केही एयरलाइन्सले आफ्नो यात्रुहरुको लागि छुट्टै फोन नेटवर्क प्रयोग गर्न दिनेगरेका छन् ।

यात्रुहरु स्पेशल करियर्ससँग जोडिन्छन् र एयरलायन्सले एसएमएस र फोन गरेबापत अतिरिक्त शुल्क पनि लिन्छन्।

Facebook Comment

छुटाउनुभयो कि?