गणेशमान सिंह स्मृति बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता सुरु , हेर्नुहोस तस्बिरमा !

पर्यटन बजार२० फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

गणेशमान सिंह स्मृति बाग्मती  प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता सुरु , हेर्नुहोस तस्बिरमा  !

फागुन २० ,काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’को सोमबार उद्घाटन गरिएको छ ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु भएको तर उद्घाटन भने १९ गते नै गरिएको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए ।

सिंहले प्रजातान्त्रिक आन्दोलनका लागि गर्नुभएको संघर्ष, त्याग, समर्पण र बलिदानका बारेमा अहिलेका पुस्तालाई खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुँदैछ ।

Facebook Comment

छुटाउनुभयो कि?