कोषको सुदृढीकरणका लागि कोषाध्यक्षमा मेरो दाबी : जीवन थपलिया

पर्यटन बजार२० फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

कोषको सुदृढीकरणका लागि कोषाध्यक्षमा मेरो दाबी : जीवन थपलिया

फागुन २१ ,काठमाडौँ। जीवन थपलिया पर्यटन व्यवसायमा संघर्षरत युवा व्यवसायी हुन् । उनी एडभेन्चर ट्रेक एण्ड ट्राभल, एडभेन्चर भिजन भेहिकल सर्भिसेस र एडभेन्चर गोट फार्मका सञ्चालक हुन् । करिब १२ वर्ष देखि पर्यटन व्यवसाय मा लागेका थपलिया मेहनती र कर्ममा विश्वास राख्छन्।

उनले ग्रामिण पर्यटन प्रवर्द्दन मन्च (भिटोफ )को वर्तमान कार्यसमितिको सदस्यको रुपमा काम समेत गरिरहेका छन्। ग्रामिण पर्यटन र ग्रामिण पर्यटन प्रवर्द्धन मन्चलाई नजिकबाट नियालेका थपलियाले यसपटक भने कोषाध्यक्ष बनेर नै अघि बढ्ने सोच बनाएका छन्।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को कोषाध्यक्षको आकांक्षी बनेका उनले ग्रामिण पर्यटन प्रवर्द्धन विकास संगै कोषको सुदृढीकरणमा बिशेष ध्यान केन्द्रित रहेर काम गर्ने बताए।

कोरोना कहरले निम्त्याएको समस्याका बीच अन्तरिक पर्यटक र ग्रामिण पर्यटनको महत्व सिंगो पर्यटन ब्यबसायले चिनेको अवस्थामा कोष सम्हाल्ने जिम्मामा अघि बढ्नु आफ्नो लागि चुनौती र अवसर दुवै भएको थपलियाले पर्यटन बजार लाई जानकारी गराए।

आगामी चैत २० गते काठमाडौंमा हुने भिटोफको २४ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ।

Facebook Comment

छुटाउनुभयो कि?