आजको राशिफल !

पर्यटन बजार२१ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

आजको राशिफल !

फागुन २१, काठमाडौं।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाईन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) खानपिनमा सजकता अपनाउनु पर्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मनोरन्जनमा सहभागिता भईनेछ । शिक्षामा सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता र लाभ नै मिल्नेछ । – ज्यो.प. नानीराम भट्टराई

Facebook Comment

छुटाउनुभयो कि?