बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने

पर्यटन बजार२१ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने

फागुन २१,काठमाडौं।बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी १६ सदस्यको टोली आगामी (मार्च १५)  चैत २ मा बहराइनबाट नेपाल प्रस्थान गर्ने निश्चित भएको जनाएको छ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन्। 

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ।

टोली विशेष विमानबाट नेपाल आउने छ। सगरमाथा आरोहरणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकर्स प्रालिमार्फत् भइहेको दूतावासले जनाएको छ।सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। 

Facebook Comment

छुटाउनुभयो कि?