पर्यटक यातायात व्यवसायि तथा कर्मचारीहरूको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

पर्यटन बजार२१ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

पर्यटक यातायात व्यवसायि तथा कर्मचारीहरूको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

फागुन २१ ,काठमाडौँ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटक यातायात व्यवसायी संघको सहकार्यमा बिहीबार काडमाण्डौमा पर्यटक यातायात व्यवसायि तथा कर्मचारीहरूको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन व्यवसाय सेवा प्रदान गर्ने व्यवसाय भएकोले पर्यटनका हरेक क्षेत्रले गुणस्तरिय सेवा दिनु पर्नेमा जोड दिनु भयो । उहाँले संघलाई सातै प्रदेशमा स्तरिय पर्यटकीय यातायात सञ्चालन गर्न र सोको रुटमा गुणस्तरिय खाना,पर्यटकीय उत्पादन सहितको पर्यटकीय सेन्टर स्थापना गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा वरिष्ठ निर्देशक ऐरले व्यवसायिहरूको डायरेक्ट्री विमोचन समेत गर्नु भयो । यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव र पर्यटन प्रर्वद्धनमा बोर्डको भूमिकाबारे जानकारी दिँदै कोभिडकै बीचबाट पर्यटनलाई अगाडि बढाउने चुनौती आएको बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा आन्तरिक राजश्व विभागका अधिकृत रोशन थापा मगरले नेपालको करण प्रणाली र करका परिवर्तित नीतिहरुको बारेमा बताउनु भएको थियो । बरिष्ठ पर्यटन गाइड हरेराम बरालले व्यवसायीहरुले चालक सहचालकलाई प्रदान गर्ने आभारभूत आतिथ्य, स्वास्थ्य, सरसफाई र सञ्चारका विषयमा ज्ञान दिन आवश्क भएको बताउनु भयो ।

संघका अध्यक्ष रामहरी शर्माले पर्यटकीय यातायातको क्षेत्रमा कोभिडले ठूलो असर गरेपनि राज्यबाट व्यवसायीहरूले उचित राहत तथा सुविधाहर नपाएको गुनासो गर्नु भयो । उहाँले कोभिडले गर्दा यो क्षेत्रमा अर्बौको लगानी र हजारौंको रोजगारी गुम्ने खतरा रहेको बताउँदै व्यवसायी माथि लगाइएका कार हटाउन सरकारसँग माग गर्नु भयो । संघका अनुसार संघमा आवद्ध करिब २ हजार ७०० पर्यटकीय सवारी साधनमा गरि करिब रु १० अर्ब बढिको लगानी रहको छ ।

Facebook Comment

छुटाउनुभयो कि?