पोखराका पर्यटकलाई गुणस्तरीय पानी खुवाउँदै पिउरो

पर्यटन बजार२६ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

पोखराका पर्यटकलाई गुणस्तरीय पानी खुवाउँदै पिउरो

फागुन २६ ,पोखरा। आन्तरिक होस या बाह्य पर्यटक, सबैले खोज्ने भनेको स्वास्थ्य खाना र शुद्ध पानी हो ।

गुणस्तर र प्याकेजिङका कारण चर्चित बनेको पानीको ब्राण्ड पिउरोले पोखरा आसपासका प्राय होटल तथा पसलमा शुद्ध पानी पुर्याइरहेको छ ।

ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्का बताउँछन्। खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि उत्पादन गरेको खड्का बताउँछन्।

उनी भन्छन् “खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परिक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेक हप्ता परिक्षण गर्दै आएका छौं र ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं।”

पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउंदै आएको खड्का बताउँछन्। उनी थप्छन् “हामी ग्राहकको स्वास्थ्य प्रती सचेत छौं। त्यसमाथि पोखरा त झन् पर्यटनको मुटु मानिने स्थान, पर्यटकलाई स्वास्थ्य र ताजा पानीका साथ स्वागत गर्ने अवसर समेत हामीले पाएका छौ ।

पर्यटक होटलमा आउनासाथ सर्वप्रथम पानी खुवाएर नै सत्कार गर्ने हाम्रो चलन छ , त्यसैले हामीले पानीको मामलामा कुनै कम्प्रमाइज नगरी गुणस्तरमा ध्यानमा दिएका छौ, उनले भने ।

त्यस्तै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर समेत काम गरिरहेको खड्काले बताए ।

पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतल सँगै बीस लिटरको जार पनि बिक्रि गर्दै आएको छ। भने पछिल्लो समय ५०० मिलिलिटरको नयाँ बोतल सार्वजनिक गर्ने तयारीमा समेत रहेको छ।

पिउरोले आफ्नो ब्रान्डिङ् काठमाडौंमा पनि सुरु गरेको छ ।त्यस्तै बोतलको स्टिकरमा आफ्नै ब्रान्डिङ् गर्न इच्छुकले ब्रान्डिङ् गरेर ब्यबसाय समेत गर्न सक्नेछन्।

Facebook Comment

छुटाउनुभयो कि?