लिच्छविकालीन सम्पदा धर्मपुर

पर्यटन बजार२७ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

लिच्छविकालीन सम्पदा धर्मपुर

फागुन २७ , काठमाडौँ। बुढानिलकण्ठ नगरपालिका धार्मिक , प्राकृतिक तथा एतिहासिक धरोहर का हिसाबले उत्कृष्ट नगरपालिका हो। बुढानिलकण्ठ नगरपालिका मै पर्छ एतिहासिक धर्मपुर पनि। चौथौं शताव्दीमा नेपाल आएका लिच्छविहरुले किराती राजा गश्ति लाई युद्धमा पराजित गरे पछि बि सं ११५० सम्म नेपालमा आफ्नो राज्य संचालन गरेको ईतिहासमा रहेको छ। लिच्छवी कालिन समयमा लिच्छवीहरुले राज्य बिस्तार गर्ने क्रममा धरमपुर पनि निर्माण गरेको ईतिहासमा उल्लेख गरेको पाईन्छ।

बूढानिलकण्ठ नगरपालिका वडा-६ मा पर्ने धर्मपुर गाँउ नेपालका एक महत्वपूर्ण ‘पूर’ अर्थात नेपाल भाषा (नेवारीमा) शहर हो। धर्मपुर गाउँ एक नेवारी टोल तथा समुदायको बस्तिको रुपमा परिचित थियो चिनिन्थ्यो र प्राय यहाँ नेवारहरुको जनसंख्या रहेको यहाँको इतिहासमा पाईन्छ। तर समय सँगै यस ठाउँमा भएका उक्त समुदायहरुको विभिन्न प्राकृतिक प्रकोप लगायत अन्य विभिन्न कारणले समुदायमा रहेका व्यक्तिहरु विस्थापित भए।

यहाँको इतिहासका अनुसार नेपाल तथा अन्य स्थानहरुमा भएको दुई धर्महरु बिच भएको युद्धसँग पनि यो शहरको ईतिहास जोडिएको र यस स्थानमा पनि त्यस युद्धको असर देख्न सकिन्छ । तिनै दुई धर्महरुबीचको युद्धमा कुनै एक समुदाय अथवा धर्मावलम्विहरुको देवता र देवीको प्रतिमा विकृत गरिएको थियो। सोहि युद्धको समयमा विष्णु भगवानको प्रतिमा रहेको धर्मपुरमा सो मुर्तिको नाकको भग काटिई अनुहारलाई विकृत पारिएको थियो जुन मुर्ति अझै यस ठाउँमा पाउन सकिन्छ।

साथै यस स्थानमा १२००/१३०० वर्ष पुराना विभिन्न चाँदी, तामा र फलामका गहनाहरू देख्न सकिन्छ । जुन यहाँका स्थानियहरुका विश्वास अनुसार यहाँ मनाइने स्थानिय रथ जात्राका लागि प्रयोग गरिन्छ। स्थानियका अनुसार टंगालका मानन्धर जातिद्वारा विभिन्न चाँदी, तामा र फलामका गहनाहरू दान दिइएको मान्यता रहेको छ। यस स्थानमा लिच्चछवि कालका विभिन्न पत्थरमा कोरिएका शिला लेखहरु राखिएका छन्। किवंदन्ती यस स्थानमा एक धर्म नामका राजा रहेको बताइन्छ।

उनि धेरै धार्मिक व्यक्ति रहेको पनि इतिहासमा पाइन्छ। यहाँका एक स्थानियसँगको कुराकानी अनुसार राजा धर्म हरेक दिन नजिकैको मन्दिर बूढानीलकण्ठमा दर्सनका लागि जाने गर्दथे। हरेक दिन उनि विष्णु भगवानको दर्शन पश्चात मात्रै जल तथा खानपीन गर्दथे।तर दिन बत्दै जाँदा केहि दिनसम्म राजा आफ्नो बिमारी अवस्था भएका कारण भगवान विष्णुको पूजा तथा दर्शन गर्न जान सकेनन् र सँधै दर्शनका लागि आउने गरेका राजा नआउँदा भगवान विष्णु आफै किन आएनन् भनि कारण बुझ्न गए।

र राजाको कमजोर स्थितिको ज्ञान प्राप्त भए पश्चात विष्णुले राजाले आफ्नो दर्शन गर्नका निम्ति लामो दूरी यात्रा गर्न आवश्यक छैन सोहि कारण यसै ठाउँमा विष्णुले आफ्नो मूर्तिको स्थापना भएको थियो र साथै तिनै राजाको नामले यस गाँउको नाम धर्मपुर रहन गएको स्थानियको भनाई र विश्वास रहेको छ।

धरमपुरको संस्कृती

उक्त खल: समुहहरुमा यहाँका स्थानिय बाजाहरु प्राय: नेवार समुदायको ईतिहास बोकेको हुनाले यहाँका बाजा धिम्या, बाँसूरी जस्ता मौलिक महत्व बोकेका बाजाहरुको प्रशिक्षण हुँदै आएका छन्। साथै यस स्थानमा हरेक वर्ष मनाईँदै आएको स्थानिय जात्राहरुमा उक्त बाजाहरु बजाइँदै उक्त इतिहासलाई निरन्तरता दिईँदै आएको हामिले पाउन सक्छौँ। साथै हरेक हरिबोधनी एकादशीको दिन यहाँ रहेको खल : हरुले नेवारी बाजा गाजा सहित बूढानिलकण्ठ मन्दिरमा पुजा आजा गरि दाफा भजन गाउने गरेका छन ।

Facebook Comment

छुटाउनुभयो कि?