बागद्वार – प्रकृतिको रसस्वादन संगै पदयात्राको उत्कृष्ट गन्तब्य

पर्यटन बजार२७ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

बागद्वार – प्रकृतिको रसस्वादन संगै पदयात्राको उत्कृष्ट गन्तब्य

फागुन २७ ,काठमाडौँ। बुढानीलकण्ठ नगरपालिका पर्यावरण पर्यटनका लागि विशेष छ। बुढानीलकण्ठ हुँदै पदयात्रामा जाने धेरै स्थानहरू समेत रहेका छन्।काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध हाइकिङ रुटहरूमध्येको एक महत्वपूर्ण तथा रमणीय रुट हो बुढानीलकण्ठ-शिवपुरी-बागद्वार।

यो रुटको धेरै हिस्सा शिवपुरी राष्ट्रिय निकुञ्जले ओगट्दछ। यो राष्ट्रिय निकुञ्ज नेपालको मध्य पहाडी इकोसिस्टम प्रतिनिधित्व गर्ने एक्लो पार्क हो। यो विश्वव्यापी जोखिमपूर्ण वन्यजन्तुहरू, चराहरू, र पुतलीहरूको लागि प्रसिद्ध छ।

महत्वपूर्ण गर्ने बागद्वार पदयात्रामा हरेक साता एक हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गर्दछन।

वागद्वार काठमाडौं उपत्यकामा सभ्यता बसाउने नदीमध्येको एक नदी बागमतीको मुहान हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने बागद्वार काठमाडौं उपत्यकाको उत्तरतर्फ शिवपुरी डाँडामा अवस्थित छ । यस स्थल धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । यहाँ हरेक वर्षको पहिलो दिन वैशाख १ गते ठूलो मेला लाग्ने गर्दछ ।

वैशाख १ गते तीर्थयात्री वाग्द्वारमा स्नान गरी बागद्वारको जल लिएर टोखा नगरपालिकाको सपनतीर्थमा जल चढाउँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

Facebook Comment

छुटाउनुभयो कि?