पञ्चकन्या मन्दिरमा आगन्तुकको संख्यामा वृद्धि

पर्यटन बजार२८ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

पञ्चकन्या मन्दिरमा  आगन्तुकको संख्यामा वृद्धि

फागुन २७ , काठमाडौँ। बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा रहेको पञ्चकन्या मन्दिरमा आउने आगन्तुक हरूको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय मन्दिर स्तरोन्नतिको कार्य भए सँगै मन्दिर परिसरमा आउने भक्तजनहरू बढेका हुन्।  यस  नगरपालिकामा भौतिक, प्राकृतिक,धार्मिक र सांस्कृतिक सम्पदाहरू धेरै रहेका छन्।

जसमध्ये पञ्चकन्या मन्दिर तथा सामुदायिक भवनलाई धार्मिक पर्यटकीय स्थल बनाउन नगरपालिकाले विभिन्न योजनाहरू समेत अघि सारेको छ।  बुढानीलकण्ठ मन्दिर भन्दा पश्चिम दक्षिण विष्णुमती किनारमा अवस्थित  यस मन्दिरको दर्शन गरे  इच्छाएको र चाहेको मनोकामना हरू पूर्ण हुने जनविश्वास रहेको छ।

यस मन्दिरमा रहेका मुण्ड माला धारी पञ्चकन्या तथा भैरवको मूर्ति उत्खनन बाट प्राप्त भएको जनश्रुति रहेको छ। उक्त स्थानमा भेडाको थुमाले हान्ने ,खोस्रने गर्दथे।  लामो समय सम्म भेडाहरूले यस्तो कार्य गरेको देखेर स्थानीयवासी ले  त्यस स्थानमा खनेर हेर्ने निर्णय गरे। 

पछि उत्खनन गर्दा उक्त मूर्तिहरू फेला परेको थियो।   करिब ८०/९० वर्ष अघि सम्म त्यस स्थानमा भेडाका थुमाहरू निस्कने कुरा बुढापाका हरू बत्ताउँछन्। उक्त स्थान भन्दा माथि डाँडा मा कोत को थुम्का समेत रहेको छ , सो थुम्का लिच्छविकलामा सामरिक महत्त्व भएको स्थानको रूपमा लिइन्थ्यो। सोही डाँडाको फेदीमा रहेको गाउँको नाम लिपिकोट र पासिकोट रहेको छ।

Facebook Comment

छुटाउनुभयो कि?