गुराँसेमा यसपालि किन फुलेन’गुराँस’

पर्यटन बजार१ चैत्र २०७७, आईतवार मा प्रकाशित

गुराँसेमा यसपालि किन फुलेन’गुराँस’

चैत १, काठमाडौं।अघिल्ला वर्षमा यतिबेला गुराँस फुलेर रातै देखिने दैलेखको गुराँसे क्षेत्र यसपालि ‘उराठलाग्दो’ छ।माघदेखि नै गुराँस फुलेर ढकमक्क हुने यो क्षेत्रमा फागुन महिना सकिनै लाग्दा पनि गुराँस नफुलेको स्थानीय बासिन्दा बताउँछन्।लागेको कोपिला पनि रुखमै सुक्न थालेको र गुराँस नफुल्दा आफूहरूलाई उराठ लागेको उनीहरू बताउँछन्।

स्थानीय बासिन्दाहरूका अनुसार सबैभन्दा बढी गुराँस पाइने दैलेखको गुराँसे, गाईबान्ना, पाथीकाल्ना, दोबाटो र दैलेख-सुर्खेत सिमानामा पर्ने रातानाङ्ला, कान्छीबजार, बुबैराखे, धरमपोखराको ओसिलो ठाउँमा मात्र फाट्टफुट्ट गुराँस फुलेको देखिन्छ।

प्रशस्त गुराँस पाइने जाजरकोट, सल्यान, पश्चिम रुकुमजस्ता जिल्लामा पनि पहिलेको जस्तो यसपटक लालीगुराँस नफुलेको स्थानीय बासिन्दा बताउँछन्।

Facebook Comment

छुटाउनुभयो कि?