आन्तरिक उडानमा नयाँ एयरलाइन्स थपिँदै

पर्यटन बजार१ चैत्र २०७७, आईतवार मा प्रकाशित

आन्तरिक उडानमा नयाँ एयरलाइन्स थपिँदै

चैत १,काठमाडौं।हवाई उड्डययन क्षेत्रमा आन्तरिक उडानतर्फ नयाँ कम्पनी थपिने भएको छ। नयाँ वायुसेवा कम्पनी दर्ताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दर्ता भइसकेको छ। व्यवसायी दिनेश आर्चायले नयाँ एयरलाइन्स कम्पनी ल्याउन लागेका हुन्।

आचार्यले आन्तरिकतर्फ दुर्गममा उडान (स्टल) गर्ने गरी नयाँ एयरलाइन्स कम्पनी ल्याउन लागेका छन्। शिवम् एयरलाइन्सको नाममा नयाँ एयरलाइन्स कम्पनीको लाइसेन्सका लागि आवेदन आएको मन्त्रालय स्रोतले नेपाल लाइभलाई बतायो। 

नयाँ एयरलाइन्सको लागि आवेदन परेसँगै पर्यटन मन्त्रालयले अध्ययनका लागि समिति गठन गरेको छ। समितिले अध्ययन गरेर नयाँ एयरलाइन्स कम्पनीको लाइसेन्स दिने वा नदिने विषयमा सुझाव दिने छ। सोही आधारमा नयाँ एयरलाइन्स कम्पनीको लाइसेन्स जारी हुने मन्त्रालयको भनाइ छ। 

Facebook Comment

छुटाउनुभयो कि?