नेपाली सेनादोर हिमाल सफाइ अभियान

पर्यटन बजार२ चैत्र २०७७, सोमबार मा प्रकाशित

नेपाली सेनादोर हिमाल सफाइ अभियान

चैत २,काठमाडौँ।नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । त्यस क्रममा विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ ।

अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सरसफाइ अभियान यही चैत ३१ देखि सुरु हुने जानकारी दिइएको छ । वैशाख २ गते टोली हिमाल प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । सरसफाइमा जाने विभिन्न समूहलाई २१ दिनको तालिम प्रदान गरिएकोे छ ।

प्रवक्ता पौडेलका अनुसार सगरमाथाबाट १६ टन, ल्होत्से हिमालबाट एक टन, मकालु, धौलागिरि र आमादब्लमबाट पाँच–पाँच टन, पुमोरी हिमालबाट तीन टनसम्म फोहोर सङ्कलन गरिनेछ । सफा हिमाल अभियानले प्रदूषण नियन्त्रण र हिमाल सरसफाइबाट विश्वव्यापी तापक्रमको नियन्त्रणमा टेवा पु¥याउने, पर्वतीय अर्थोपार्जनमा सरकारलाई सघाउने, पर्यटनको साथसाथै पर्वतारोहीलाई आकर्षित गर्ने, भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने लक्ष्य लिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?