वसन्तको सुरुवात सँगै ढकमक्क फुलेका आरुको फुल !(तस्बिरमा )

पर्यटन बजार३ चैत्र २०७७, मंगलवार मा प्रकाशित

वसन्तको सुरुवात सँगै ढकमक्क फुलेका आरुको फुल !(तस्बिरमा )

चैत ३,काठमाडौँ – वसन्त ऋतु आफैमा सुन्दर ऋतु हो यसको सुन्दरता हर कहिले बयान गर्न सक्दैन । कोइलीको कुहू– कुहू र काफल पाक्यो चरीको सन्देश । आरुका फूल अनि हरिया रूखहरू, उमङ्ग दिने समय, नयाँ क्यालेन्डर,नयाँ उत्साह र अठोट…यिनै हुन् वसन्त ऋतुका सुन्दर पक्ष ।  प्राकृतिक छटाले भरिपूर्ण यस ऋतुलाई ऋतुहरूको राजा पनि भन्ने गरेको पाइन्छ।

 
हो यही मौसमको उत्कृष्ट नमुना देख्न पाइन्छ एयरपोर्ट देखि तीनकुने सम्मको सडक किनाराहरूमा।  सडक किनारमा ढकमक्क फुलेका आरुका फूलहरूले पैदल यात्री होस् या गाडीमा यात्रा गरिरहेका जो कोही होस् एक पटक रोकिएर हेर्न बाध्य हुन्छन् र ती फूलहरूको रौनक सँगै आफ्ना पिडा केही क्षणको लागि मात्रै भए पनि  बिसाउँछन्।  प्रकृति र मानिसको सम्बन्ध एकदम नजिक छ । त्यसैले त् प्रकृतिले आफ्नो रङ्ग फेर्दा मान्छेमा नयाँ उत्साह उमङ्ग पैदा हुन्छ।  यही उमङ्गका केही झलकहरू

Facebook Comment

छुटाउनुभयो कि?