टान द्वारा पाटा हेड क्वार्टरका सचिव तथा कोषाध्यक्ष सुमन पाण्डेलाई बधाई ज्ञापन

पर्यटन बजार३ चैत्र २०७७, मंगलवार मा प्रकाशित

टान द्वारा पाटा हेड क्वार्टरका सचिव तथा कोषाध्यक्ष सुमन पाण्डेलाई बधाई ज्ञापन

चैत ३ , काठमाण्डौ। ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल ( टान) ले सोमबार एक कार्यक्रमको आयोजना गरी पाटा हेड क्वार्टरका नवनिर्वाचित सचिव तथा कोषाध्यक्ष सुमन पाण्डेलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

कार्यक्रममा टानका अध्यक्ष खुम वहादुर सुबेदीले स्वागत मन्तब्य राख्दै कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नागरिक, सांस्कृतिक, उड्डयन तथा पर्यटन मन्त्रालयका सचिब रुद्र सिंह तामाङ समक्ष पर्यटन व्यवसायका समस्याहरू राख्दै छिट्टै क्वारेन्टाइन सिस्टम हटाएर पर्यटकको आगमन सहज बनाउन सहयोग गरिदिन समेत आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले पर्यटन क्षेत्रको सहजताका लागि आफूले गर्नुपर्ने पहल गरिरहेको बताउनुभयो । पछिल्लो समय नाका बाट नेपाल आउने पर्यटकले पीसी आर रिपोर्ट ल्याउनु पर्ने र फ्लाइट बाट आउने पर्यटकले नेपालमा आएर पी सी आर टेस्ट गर्नुपर्ने र नतिजा नआउन्जेल क्वारेन्टाइन बस्नु पर्ने ड्राफ्ट तयार भएको समेत तामाङले बताउनुभयो। छिट्टै नै सरकारले पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो।

टानका पूर्व अध्यक्ष नवराज दाहालले पाण्डेलाई बधाइ दिँदै पाटा जस्तो सम्मानित संस्थाको सचिव पदमा नियुक्त हुँदा सिङ्गो पर्यटन क्षेत्रले नै गर्व महशुस गरेको बताउनुभयो। “सचिव पाण्डेले पाटा च्यापटर नेपाल को अध्यक्ष हुँदा पनि धेरै कामहरु गर्नुभएको छ , हामीलाई आशा छ अबको दिनमा पनि नेपालको पर्यटन विकासका लागि सँधै तत्पर भएर लाग्नु हुनेछ” निवर्तमान अध्यक्ष दाहालले भन्नुभयो।

पुर्व पर्यटन राज्य मन्त्रि याङकीला शेर्पाले सुमन पाण्डेले नेपाल पर्यटन क्षेत्रमा धेरै उपलब्धिमूलक कार्य गरेको पनि बताउनुभयो। शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै नवनिर्वाचित पाटा हेडक्वार्टर का सचिव पाण्डेले करिब ३२ वर्ष देखि पर्यटन क्षेत्रमा बिताएको उहाँले बताउनुभयो। टानको महासचिव बाट एसोसिएसनमा काम गर्दै आज पाटा हेड क्वार्टर को सचिव सम्म आइपुग्दा को समय भित्रमा साथ सहयोग गर्ने सबै शुभचिन्तक लाई सम्झिँदै पाण्डेले सबैमा धन्यवाद ज्ञापन समेत गर्नुभयो। मान्छेले जहाँ गएपनि आफ्नो धरातल बिर्सिन नहुने बताउँदै उहाँले आफू जहाँ पुगेपनि टान लाई, नेपाल पर्यटन लाई र पर्यटन क्षेत्रको विकासमा र आइपर्ने कुनै समस्याको समाधान खोज्न सँधै तयार रहेको पाण्डेले जानकारी समेत गराउनुभयो। टानका पूर्व अध्यक्ष समेत रहनुभएका पाण्डेलाई
रुद्र सिंह तामाङले खादा लगाई शुभकामना प्रदान गर्नु भएको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?