बहराइन राजकुमारको टोली सगरमाथा आरोहण गर्न नेपाल आईपुगे

पर्यटन बजार३ चैत्र २०७७, मंगलवार मा प्रकाशित

बहराइन राजकुमारको टोली सगरमाथा आरोहण गर्न नेपाल आईपुगे

चैत ३, काठमाडौं । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्द अल खलिफाको टोली सोमबार साँझ काठमाडौं आइपुगेका छन्। रोयल बहराईन सगरमाथा आरोहण टोलीले यही बसन्त ऋतुमा सगरमाथाको आरोहण गर्दैछ।

टोलीमा १६ जना सदस्यहरु रहेका छन। जसमा बहराईन रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना बहराईनी र ३ जना बेलायती नागरिक रहेका छन। उनिहरु करिव ८० दिन नेपालमा रहने छन।

यो टोलीले गोरखा जिल्लाको चुमनुब्री गाँउपालिका स्थित समा गाँउका वासिन्दाका लागि कोरोना भाईरस विरुध्द लगाईने २ हजार डोज खोप प्रदान गर्नेछ।यसअघि यही टोलीले केही महिना अघि तिलिचो र मनास्लु हिमालको आरोहण गरी नेपालको पर्वतीय पर्यटनको विश्वमा प्रचार गरेको थियो।

Facebook Comment

छुटाउनुभयो कि?