भारतको अयोध्यामा राम जन्मभूमि मन्दिरको निर्माण कार्य सुरु

पर्यटन बजार४ चैत्र २०७७, बुधबार मा प्रकाशित

भारतको अयोध्यामा राम जन्मभूमि मन्दिरको निर्माण कार्य सुरु

चैत ४ , काठमाडौँ। भारतको अयोध्यामा राम जन्मभूमि मन्दिरको निर्माण कार्य सोमबारदेखि सुरु भएको छ। श्री राम जन्मभूमि तीर्थ क्षेत्र पदाधिकारीहरू र वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थितिमा मन्दिरको निर्माण कार्य सुरु गरिएको हो।

भारतको प्रमुख धार्मिक पर्यटनको सहरहरू मध्ये एक अयोध्या सारय्यू नदीको किनारमा अवस्थित छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै राम मन्दिरको निर्माण र अन्य पूर्वाधार विकासका कार्यहरू भइरहेको छन् । निकट भविष्यमा पर्यटकको सङ्ख्यामा वृद्धि गर्ने उद्देश्यले अयोध्याले आतिथ्य र यससँग सम्बद्ध उद्योगहरूको  विकासमा जोड दिने छ ।

अयोध्या विकास प्राधिकरणले पूर्वाधार निर्माण गर्ने र दिगो धरोहर सहर विकास गर्ने योजना बनाइरहेको छ जसमा यी कुराहरू समावेश छन् :
– पहुँचको सुधारको लागि क्षेत्रीय स्तरमा यातायातको विकास (सडक, रेल र एयर) – क्षेत्रीय पर्यटन हबको रूपमा अयोध्याको विकास गर्ने र यूपी र आसपासका राज्यहरूमा अन्य पर्यटन गन्तव्यहरूको पहुँचका लागि केन्द्रित रहने  रसहर स्तर यातायात पूर्वाधार विकास गर्ने  (पार्किङ, स्मार्ट सडक, आदि)।

Facebook Comment

छुटाउनुभयो कि?