काठमाडौं महानगरपालिकाले पाँच नगरपालिकामा पार्क निर्माण गर्न सहयोग गर्ने

पर्यटन बजार५ चैत्र २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं महानगरपालिकाले पाँच नगरपालिकामा पार्क निर्माण गर्न सहयोग गर्ने

चैत ५ ,काठमाडौँ। काठमाडौं महानगरपालिकाले पाँच नगरपालिकामा पार्क निर्माण गर्न पाँच करोड रुपैयाँ सहयोग गरेको छ । कागेश्वरी मनोहरा, दक्षिणकाली, तारकेश्वर, कीर्तिपुर र मध्यपुर थिमी नगरपालिकालाई पार्क निर्माणका लागि सहयोग गरेको महानगरले जनाएको छ ।

पर्यटकीय, धार्मिक क्षेत्रलाई हरियाली र खुला ठाउँ बनाउन सहयोग गरिएको हो । महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएकोले सहयोग गर्ने नीति ल्याएको जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?