अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अबलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि !

पर्यटन बजार५ चैत्र २०७७, बिहीबार मा प्रकाशित

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अबलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि !

चैत ५ ,पोखरा। पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक रूपमा दर्जनौं पर्यटकीय गन्तव्य रहेको यस पोखरामा पछिल्लो समयमा मानव निर्मित पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि थपिएपछि आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको यस संग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित भएका हुन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरूको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले संग्रहालय सञ्चालनमा ल्याइएको नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले बताए ।

कोरोना महामारीका बीच बन्द भएर पुन संचालनमा आएको संग्रहालयमा पुन पर्यटकको आगमन सुरु भएको समेत अध्यक्ष लामाले बताए।

Facebook Comment

छुटाउनुभयो कि?